अस्पतालको तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न
Kalika Times Online को प्रतिवेदनमा आधारित।

तेस्रो स्थापना दिवसको अवसरमा प्रभु अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । वीरगन्ज सिटी रोयल युथ क्लबको आयोजनामा बाराको कलैया–६ र वीरगन्जको श्रीपुरमा पनि शिविर आयोजना गरिएको थियो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका अनुसार कलैया शिविरमा ६० र वीरगन्ज शिविरमा ५१ जनाले रक्तदान गरेका थिए । रेडक्रस, पर्साको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो ।



