Navigation
Ambulance
Emergency Call 9801559811 9828200127

गर्भवती महिला एम्बुलेन्समै बेहोस, शल्यक्रियाबाट छोरा जन्माएकी महिलालाई यसरी बचाइयो

by Prabhu Hospital January 12, 2021
एक साता अघि प्रसुती गराएकी एक महिलाको ज्यान बल्लतल्ल जोगिएको छ । बारा,महागढिमाई नगरपालिका वडा नं १ बरियारपुरका चित्रन्जन कुशवाहाकी २७ वर्षिय श्रीमति नविना देवीको ज्यान बाचेको हो । वीरगंज पानीटयाकीमा रहेको प्रभु अस्पतालमा उनको ज्यान बाचेको परिवारजनले बताएका छन । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था पनि ठिक रहेको बताइएको छ । अस्पतालका चिकित्सक डा. लक्ष्मी थापाका अनुसार सुत्केरी गराउन आउँदा बेहोस भएको दिन दिनपछि होसमा आएको र बच्चा पनि सुरक्षित रहेको स्पष्ट पारिन् ।
तीन,चार जना डाक्टरको संयुक्त प्रयासबाट आमा र बच्चाको ज्यान जोगाउन सफल भएको उनले बताइन् । उनले भनिन्,‘भेन्टिलेटरमा पुगेका विरामीको बाच्ने सम्भावना निकै कम हुन्छ,दुई पटक भेन्टिलेटरमा गएर उनको ज्यान बाच्यो,हामी खुशी छौं,विरामीको परिवार पनि खुशी छ । ’

के भएको थियो,त्यो सुत्केरीलाई ?

पुस ४ गते राति ९ बजे नविनालाई तेस्रो सन्तानको प्रसव पीडाले च्याप्यो । त्यति बेला श्रीमान चित्ररन्जन काठमाडोंमा डकर्मीको काम गर्न गएका रहेछन् । निजका भतिजाले राति १० बजे वीरगंजस्थित नेशनल मेडिकल हस्पिटलमा पु¥याए । एम्बुलेन्शमै आउँदाआउँदै नविना अचेत परिसकेकी थिइन् । उनको प्रारम्भिक उपचार त्यहाँ गरेपछि राति ११ बजे प्रभु अस्पताल ल्याइएको थियो । बेहोस गर्भवतीलाई एनेथेसिया दिएर थप बेहोसको औषधी चलाइयो । शल्यक्रिया गरेपछि बच्चाको ज्यान पहिले जोगाइएको थियो । त्यसपछि अचेत अवस्थामा पुगेकी र अक्सिजनको मात्रा पनि कम भएकोले उनको अवस्था एकदमै नाजुक थियो । भेन्टिलेटरमा राखेर उपचार गरियो । २४ घण्टापछि उनको श्वासप्रश्वासमा सुधार हुदै गएपछि भेन्टिलेटरबाट हटाइयो । तर उनको अवस्था ठिक भइनसकेकोले उनलाई चम्की रोगको समस्या भयो । पुनः भेन्टिलेटरमा राखियो । ३ दिनको अचेत अवस्थाबाट उनी होसमा आएपछि आफनो बच्चालाई समेत मेरो बच्चा होइन र मेरो बच्चा पेट भित्रै छ भनी सुनाउने गरेको उनको डा. थापा बताउँछिन् । उनको उपचारमा डा. थापासहित एनेथेसिया डा. अभिशेक अर्याल,डा.अरुणकुमार झा,न्यूरो सजर्न डा. परमानन्द साहलगायतको टोलीले मिलेर काम गरेकोले आमा र बच्चाको ज्यान बाचेको हो । अहिले आमा र बच्चा घर फर्केका छन् । नविनाको ४ वर्षे र ७ वर्षे गरी दुई छोरी पनि छन् ।

More News