Navigation

गर्भवती महिला एम्बुलेन्समै बेहोस, शल्यक्रियाबाट छोरा जन्माएकी महिलालाई यसरी बचाइयो

By Prabhu Hospital Jan 12, 2021
एक साता अघि प्रसुती गराएकी एक महिलाको ज्यान बल्लतल्ल जोगिएको छ । बारा,महागढिमाई नगरपालिका वडा नं १ बरियारपुरका चित्रन्जन कुशवाहाकी २७ वर्षिय श्रीमति नविना देवीको ज्यान बाचेको हो । वीरगंज पानीटयाकीमा रहेको प्रभु अस्पतालमा उनको ज्यान बाचेको परिवारजनले बताएका छन । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था पनि ठिक रहेको बताइएको छ । अस्पतालका चिकित्सक डा. लक्ष्मी थापाका अनुसार सुत्केरी गराउन आउँदा बेहोस भएको दिन दिनपछि होसमा आएको र बच्चा पनि सुरक्षित रहेको स्पष्ट पारिन् ।
तीन,चार जना डाक्टरको संयुक्त प्रयासबाट आमा र बच्चाको ज्यान जोगाउन सफल भएको उनले बताइन् । उनले भनिन्,‘भेन्टिलेटरमा पुगेका विरामीको बाच्ने सम्भावना निकै कम हुन्छ,दुई पटक भेन्टिलेटरमा गएर उनको ज्यान बाच्यो,हामी खुशी छौं,विरामीको परिवार पनि खुशी छ । ’

के भएको थियो,त्यो सुत्केरीलाई ?

पुस ४ गते राति ९ बजे नविनालाई तेस्रो सन्तानको प्रसव पीडाले च्याप्यो । त्यति बेला श्रीमान चित्ररन्जन काठमाडोंमा डकर्मीको काम गर्न गएका रहेछन् । निजका भतिजाले राति १० बजे वीरगंजस्थित नेशनल मेडिकल हस्पिटलमा पु¥याए । एम्बुलेन्शमै आउँदाआउँदै नविना अचेत परिसकेकी थिइन् । उनको प्रारम्भिक उपचार त्यहाँ गरेपछि राति ११ बजे प्रभु अस्पताल ल्याइएको थियो । बेहोस गर्भवतीलाई एनेथेसिया दिएर थप बेहोसको औषधी चलाइयो । शल्यक्रिया गरेपछि बच्चाको ज्यान पहिले जोगाइएको थियो । त्यसपछि अचेत अवस्थामा पुगेकी र अक्सिजनको मात्रा पनि कम भएकोले उनको अवस्था एकदमै नाजुक थियो । भेन्टिलेटरमा राखेर उपचार गरियो । २४ घण्टापछि उनको श्वासप्रश्वासमा सुधार हुदै गएपछि भेन्टिलेटरबाट हटाइयो । तर उनको अवस्था ठिक भइनसकेकोले उनलाई चम्की रोगको समस्या भयो । पुनः भेन्टिलेटरमा राखियो । ३ दिनको अचेत अवस्थाबाट उनी होसमा आएपछि आफनो बच्चालाई समेत मेरो बच्चा होइन र मेरो बच्चा पेट भित्रै छ भनी सुनाउने गरेको उनको डा. थापा बताउँछिन् । उनको उपचारमा डा. थापासहित एनेथेसिया डा. अभिशेक अर्याल,डा.अरुणकुमार झा,न्यूरो सजर्न डा. परमानन्द साहलगायतको टोलीले मिलेर काम गरेकोले आमा र बच्चाको ज्यान बाचेको हो । अहिले आमा र बच्चा घर फर्केका छन् । नविनाको ४ वर्षे र ७ वर्षे गरी दुई छोरी पनि छन् ।

More News

Contact Address
Birgunj, Nepal
prabhuhospital.org@gmail.com
051-520259,
051-520269
Specialities
Subscribe Newsletter
Subscribe our monthly newsletter.