Navigation
Ambulance
Emergency Call 9801559811 9828200127

प्रभु हस्पिटल द्धारा महिला प्रहरी तथा थुनुवा महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण

by Prabhu Hospital November 10, 2022

प्रभु हस्पिटल वीरगन्जले जिल्ला प्रहरी कार्यालय पर्साको महिला प्रहरीहरुको निशुल्क स्वाथ्य परिक्षण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हस्पिटलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा जिल्ला भरीका महिला प्रहरीको निशुल्क स्वाथ्य परिक्षण गरेको हो ।

चाडपर्व र चुनावी व्यस्ततामा समय नपाउँने र रोगहरु चेक जाँच गर्न महिला सुरक्षा कर्मीलाई असहज भैरहेको हुदाँँ प्रहरी उपरीक्षक रमेश बस्नेतको पहलमा प्रभु हस्पिटलका वरिष्ठ स्त्रीरोग तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापाले निशुल्क चेक जाँच गरेका हुन ।

कार्यक्रममा ११ जना थुनुवा महिला गरि जम्मा ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रमका संयोगक दिलिपराज कार्कीले बताए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरिको विशेष उपस्थितीमा महिला सेलका प्रमुख प्र.नी. मनोज कुमार यादब, प्र.स.नी नन्दकला टमटा, कार्यक्रम संयोजक दिलिपराज कार्की लगायत को उपस्थिति रहेको थियो । - राष्ट्रसन्देश अनलाईन मिडियाले लेख्नुभएको समाचार

More News