Navigation
Ambulance
Emergency Call 9801559811 9828200127

तेस्राे स्थापना दिवसकाे अवसरमा प्रभु अस्पतालमा रक्तदान

by Prabhu Hospital November 10, 2022
 प्रभु हस्पिटल वीरगंजकाे तेस्रो स्थापना दिवसको अवसरमा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । डेङ्गी रोगी तथा चाडपर्वमा हुने रगत अभाव परिपुर्तिका लागी आयाेजना गरिएकाे कार्यक्रममा १३ महिला सहित ५४ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तावले वताए ।
 
हस्पिटल परिसर मै भएकाे कार्यक्रममा रक्तदान गर्नेमा जेनिसा कार्की,श्रीकिसन साह, रिन्कु कुमार, अस्मिता खनाल, कृष्ण पन्डित, जमिल अखतर, रन्जित चौरासीया, अनिल गुप्ता, जगदीश सहनि, सन्दिप मन्डल, राहुल चौधरी, पवन साह कानु, सुनिल कुमार ठाकुर, अमृत महतो, सुरज मन्डल, शनि मन्डल, सुरज भगत माली, लगायतले रक्तदान गरेका हुन ।
 
प्रभु हस्पिटलका संचालक डा. मनाेज गुप्ताकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा अस्पतालकी डा. लक्ष्मी थापा, दिलिप राज कार्की, रेडक्रसका राजन श्रीवास्तव, भाेजपुरी गायक सुनिल पण्डित लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

त्यसैगरि बारा जिल्लाको कलैया वडा नं. ६ को कार्यालय भरत चौकमा र वीरगंज सिटी राेयल युवा क्लबकाे आयाेजनामा वीरगंजकाे श्रीपुरमा पनि शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कलैयामा भएकाे कार्यक्रममा ६० जना र वीरगंजमा भएकाे कार्यक्रममा ५१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

प्रभु अस्पतालमा रेडक्रस पर्साका राजन श्रीवास्तव, कलैयामा प्राबिधिक धिरेन्द्र झा र श्रीपुरमा प्राबिधिक दिलमाया घिमिरेको टोलिले प्राबिधिक सहयोग गरेका थिए । - कालिका टाइम्स अनलाईनले लेखेको समाचार

More News