Navigation
Ambulance
Emergency Call 9801559811 9828200127

प्रभु हस्पिटलको सामाजिक ऐक्यबद्धता: रक्तदान कार्यक्रममा डा. लक्ष्मी थापाको सहभागिता

by Prabhu Hospital March 25, 2026


वीरगञ्ज, पर्सा – सामाजिक उत्तरदायित्व र मानवीय सेवामा सदैव अग्रणी प्रभु हस्पिटलका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. लक्ष्मी थापाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९औं वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुभएको छ।

"रक्तदान नै जीवनदान हो" भन्ने भावनालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा डा. थापाले स्वयं रक्तदान गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुभएको हो। प्रभु हस्पिटल सधैं स्वस्थ समाज निर्माणका लागि यस्ता मानवीय कार्यहरूमा साथ र सहयोग पुर्‍याउन प्रतिबद्ध छ। उक्त कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी श्री सुमन कार्की , वरिष्ठ चिकित्सक डा. मनोज कुमार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रबन्धक दिगम्बर प्रसाद गुप्ता, प्रभु बैंकका मधेश प्रदेश प्रमुख भुषण गुप्ता, लायन्स क्लबका प्रतिनिधिहरू तथा नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

More News