मुख्य सामग्रीमा जानुहोस्

स्वास्थ्य सेवामा योगदानका लागि नेपाल प्रहरीबाट प्रभु अस्पताल सम्मानित

अस्पतालको समाचार
स्वास्थ्य सेवामा योगदानका लागि नेपाल प्रहरीबाट प्रभु अस्पताल सम्मानित
वीरगन्ज, पर्सा : स्वास्थ्य सेवासम्बन्धी सहकार्य र सहयोगमा गरेको योगदानको कदर गर्दै वीरगन्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई ७१ औं प्रहरी दिवस, २०८३ को अवसरमा प्रशंसापत्र प्रदान गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आयोजित ७१औँ प्रहरी दिवसको अवसरमा स्वास्थ्य सेवामार्फत सहयोग र सहकार्यको कदर गर्दै प्रभु अस्पताललाई सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रभु अस्पतालका निर्देशक डा. लक्ष्मी थापा गुप्ता, निर्देशक डा. मनोज कुमार गुप्ता, अस्पतालका प्रशासनिक प्रमुख दिलीपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम पर्सा, वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा “विपद्मा साथी, संकटमा सहारा : नेपाल प्रहरी सेवाप्रति प्रतिबद्ध” भन्ने नाराका साथ सम्पन्न भएको थियो ।

स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने प्रभु अस्पतालले यो सम्मानले आगामी दिनमा पनि अझ बढी समर्पण र जिम्मेवारीका साथ समुदाय र नागरिकको सेवालाई निरन्तरता दिन थप उत्प्रेरित गरेको जनाएको छ ।

थप अपडेटहरू

Prabhu Hospital Birgunj Conducts Free Health Checkup for Women Police Personnel and Inmates
अस्पतालको समाचार

वीरगन्जस्थित प्रभु अस्पतालद्वारा महिला प्रहरी र कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

प्रभु अस्पताल वीरगन्जले जिल्ला प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा करिब ४० जना महिला प्रहरी र एक महिला कैदीका लागि निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा पाठेघरको मुखको क्यान्सर रोकथाम र समयमै उपचारसहित चिकित्सा परामर्श, स्वास्थ्य परीक्षण, औषधि, महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो ।

थप पढ्नुहोस्
Blood donation held on the hospital's third Foundation Day
अस्पतालको समाचार

अस्पतालको तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न

प्रभु अस्पतालको तेस्रो स्थापना दिवसको अवसरमा रेडक्रस र रक्तसञ्चार केन्द्र, वीरगन्जको सहयोगमा वीरगन्ज र कलैया रक्तदान शिविरको आयोजना गरिएको थियो ।

थप पढ्नुहोस्
Woman from Parsa gives birth to triplets at Prabhu Hospital
अस्पतालको समाचार

प्रभु अस्पतालमा पर्साकी एक महिलाले जन्माइन् तीन बच्चा

पर्सागढी–९ की एक महिलाले प्रभु अस्पतालमा सिजेरियन सेक्सनबाट तीन जना छोरा जन्माइन् । आमा र बच्चा स्वस्थ रहेको बताइएको छ ।

थप पढ्नुहोस्
WhatsApp